【मिनिस्टपको वेब अन्तरवार्ता 】जहिलेपनि जहाँपनि ,३ स्टेपमा अन्तरवार्ता रिजर्व!

★मिनिस्टपको 「वेब अन्तरवार्ता 」को बिस्तृत विवरण〜सरल ३ स्टेपमा अन्तरवार्ता रिजर्व!

नमस्कार ! यो सुविधाजनक स्टोर विशेषको कामको साइट『कोन्बिनीको  काम Z』हो। आजपनि,मिनिस्टपको वेब अन्तरवार्ताको विस्तृत विवरण गर्नेछु !

तपाईंहरुले पार्ट टाईम कामको निवेदन दिने बेलामा,अन्तरवार्ताको दिनहरु कसरि मिलाउदै हुनुहुन्छ? फोनमा सिधै बार्ता गर्ने,इमेल फिर्ता पठाउने आदि,अवस्था अनुसार धेरै पटक यो काम गर्नु पर्ने पनि हुन्छ नि है।

वेब अन्तरवार्ता भएमा,सजिलैसंग ३ स्टेप मा ,स्मार्टफोन अथवा कम्प्युटरको स्क्रिनमा अन्तरवार्ताको रिजर्व पुरा हुन्छ !

<स्टेप १ >

कोन्बिनीको  काम Z मा उल्लेख गरेको पसलहरु भित्रबाट,वेब अन्तरवार्ता गर्न मिल्ने पसलको स्क्रिनमा「वेब अन्तरवार्ताको रिजर्व गर्ने」भन्ने बटन हुन्छ।यो बटनलाई थिचेमा हालसालको क्यालेन्डर खुल्छ। अन्तरवार्ता गर्न मिल्ने दिनमा 「◎」चिन्ह लेखिएको हुन्छ। आफ्नो मिल्दो स्थानलाई छान्नुहोस् ।

<स्टेप २ >

इमेल ठेगानालाई रजिस्टर गरिन्छ (डोमेनमा इमेल आउने गरेर सेटिंग मिलाउनु होला )

<स्टेप ३ >

४ आईटमहरूको आधारभूत जानकारीहरु इन्टर गरेर,「रजिस्टर」मा क्लिक गर्नुहोस्।

यो मात्र गरेर अन्तरवार्ताको रजर्व समाप्त हुन्छ ! दिनमा पनि रातमा पनि,आफ्नो भएको समयमा जहिले पनि रिजर्व गर्न सकिने भएकाले,योजना बनाउन पनि सजिलो हुनेछ । अवश्य फाइदा लिनुहोला!